|

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र उपमेयर सुनिता डंगोल नुवाकोटको सिसडोल पुगेका छन्।

काठमाडौंको फोहोर व्यवस्थापनका बारेमा स्थानीय सरोकारका विषयमा छलफल गर्न मेयर साह र उपमेयर डंगोल सिसडोल पुगेका हुन्।

हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययनका लागि सिसडोल गएको मेयर बालेनले जनाएका छन्।

दुवैले त्यहाँ पुगेर स्थानीयका समस्या र त्यसको दीर्घकालिन समाधानको उपायका बारेमा छलफल गरेका थिए। काठमाडौंको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउँदै आएका मेयर साह चुनाव जिते लगत्तै पनि सिसडोल पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.