|

रौतहट : कार्यपालिका सदस्य निर्वाचनका लागि वाम एकता भएको छ। रौतहटको देवाही गोनाही नगरपालिकामा कार्यपालिका सदस्य निर्वाचनका लागि वाम एकता भएको हो।

कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका बीच गठबन्धन गरेर चुनावमा सहभागी भएका थिए। तीनै पार्टीका उम्मेदवार निर्वाचित भएका छन्। देवाही गोनाही नगरपालिकाको कार्यपालिका सदस्यमा आठैजना नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका हुन्। 

नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका नेकपा एमालेका दुई, माओवादी केन्द्रका तीन र एकीकृत समाजवादीका तीनजना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय देवाही गोनाहीले जनाएको छ। 

महिलातर्फ कार्यपालिकाको जिम्मेवारी पाउनेमा अंजिला देवी, रहिमा बेगम, चुल्हिया देवी, जसोधा देवी र अमिरखा देवी छन्। त्यस्तै दलित तथा अल्पसंख्यकमा विन्देश्वर प्रसाद जयसवाल, अजयकान्त साह र सुरेश साह कलवार निर्वाचित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.