|
फाइल फोटो

काठमाडौं : रातो मच्छिन्द्रनाथको भोटो भोलि शनिबार देखाइने भएको छ । 

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने जनाएको छ। 

‘रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा रहेमा जेठ २१ गते शनिबारका दिन सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा उक्त भोटो देखाउने कार्यक्रम हुने भएको छ', विज्ञप्तिमा लेखिएको छ। 

शनिबार देशभर सार्वजनिक विदा रहेको भन्दै गृह मन्त्रालयले मर्यादित रुपमा पर्व मनाउन आग्रह पनि गरेको छ। मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ठ सांस्कृतिक पर्वका रुपमा रहेको भन्दै मन्त्रालयले सबैमा शुभकामना पनि दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.