|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत भोटो जात्रामा उपस्थित भएर भोटो अवलोकन गरेकी छन्। शनिबार साँझ ललितपुरको जावलाखेल पुगेर राष्ट्रपति भण्डारीले जात्रामा भोटो अवलोकन गरेकी हुन्।

गुठी संस्थान कार्यालय ललितपुर संस्थानका प्रतिनिधिले भोटो देखाउने चलन रहेको छ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। 

योसँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेपछि जात्रा समापन हुनेछ। वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा चल्छ। 

भोटो जात्रामा राष्ट्रपति भण्डारी सहभागी भएपछि यो रुटमा सुरक्षाकर्मी तैनाथ गरिनुका साथै उच्च सुरक्षा सतर्कता बढाइएको छ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.