|

काठमाडौं: रुपन्देहीको भैरहवा नजिकै रोहिणी खोलामा बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत भएको छ । 

मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका २ का ५६ वर्षीय विष्णु पौडेल, बुटवल उपमहानगरपालिका ११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, रौतहट चन्द्र निगाहापुरका २० वर्षीय दिनेश दास र भारत जनकपुर ग्रामका ४० वर्षका अरविन्द शर्मा रहेका डिएसपी नवरत्न पौडेलले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार अन्य ४ जनाको सनाखत हुन बाँकी रहेको छ।

दुर्घटनामा अन्य २४ जना घाइते भएका छन्। ती मध्ये १५ जनाको अवस्था गम्भीर रहेको डिएसपी पौडेलले बताए। घाइतेमध्ये ९ जनाको भैरहवास्थित भीम अस्पताल र १५ जनाको युनिभर्सल शिक्षण अस्पताल उपचार भइरहेको छ। बसमा चालक सहित ३३ जना सवार रहेका थिए।

जनकपुरबाट भैरहवा जाँदै आज बिहान पौने ५ बजे लु २ ख ३८४१ नम्बरको रात्रिबस भैरहवा परासी हुलाकी राजमार्गस्थित रोहिणी खोलाको पुलबाट खोलामा खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.