|

काठमाडौं :  वेल्स ६४ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ।

यूईएफए छनोट अन्तर्गत आइतबार राति भएको प्लेअफ फाइनलमा युक्रेनलाई १–० गोल अन्तरले हराउँदै वेल्सले विश्वकपको टिकट काटेको हो।​ कार्डिफ सिटी स्टेडियममा वेल्सलाई जित दिलाउन आत्मघाती गोल निर्णायक बन्यो।

खेलको ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्मघाती गोल गरे। वेल्सको जित उक्त गोल निर्णायक बन्यो। वेल्स सन् १९५८ पछि पहिलो पटक विश्वकपमा छनोट भएको हो।

अब वेल्सले समूह बीमा रहेर विश्वकप खेल्नेछ। यस समूहमा इंग्ल्यान्ड, अमेरिका र इरान छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.