|
फाइल फोटो

काठमाडौं : प्रदेश प्रमुख अमिक शेरचन अस्वस्थ भएपछि लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम दुई दिन पछि सरेको छ। 

सोमबार ल्याउने भनिएको नीति तथा कार्यक्रम बुधबारका लागि सरेको हो। प्रदेशसभा​का सचिव दुर्लभकुमार पुन मगरले प्रदेश प्रमुख शेरचन अस्वस्थ भएकाले बैठक दुई दिन पछि सारेकाे बताए। 

यसअघि प्रदेशसभा सचिवालयले आइतबार सूचना निकालेर जेठ २३ गते दिउँसो १ बजे बस्ने तय भएको दशौँ अधिवेशनको छैटौँ बैठक जेठ २५ गते बुधबार दिउँसो १ बजे बस्ने तय भएको जानकारी दिएको थियो।

सभामुख पूर्णबहादुर घर्तीको निर्देशन अनुसार बैठक सारिएको सूचनामा उल्लेख छ। सूचनामा २५ गते बस्ने बैठकमा उपस्थित हुन प्रदेशसभा सदस्यहरूलाई आग्रह गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.