|

काठमाडौं : यू–१९ आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट क्रिकेटमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। 

भुटानसँगको खेल मलेसियाको किनरारा ओभलमा नेपाली समयअनुसार बिहान ११ बजे सुरु हुनेछ। यसअघि एउटा खेलमा जित र अर्को खेलमा हार व्यहोरेको नेपाल आज दोस्रो जितको खोजीमा मैदान उत्रिँदैछ। 

पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको १९ वर्ष मुनीको महिला टोली दोस्रो खेलमा युएईसँग ८ रनमा अलआउट भएको थियो। भुटानले भने यसअघिका दुवै खेलमा हार व्यहोरेको छ। नेपाल २ खेलबाट २ अंक जोडेर तेस्रो स्थानमा रहँदा अंकविहीन भुटान तालिकाको पुछारमा छ। 

छनोट खेलमा नेपालसहित, मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। नेपालले अब भोलि थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्ने तालिका छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.