|

काठमाडौं : कर्णाली प्रदेश सरकारले भोलि (मंगलबार) प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम भोलि दिउँसो ३ बजे बस्ने बैठकमा सार्वजनिक गरिने प्रदेशसभा सचिव जीवराज बुढाथोकीले थाहा खबरलाई जानकारी दिए।

भोलिको बैठकमा प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेश गर्नेछन्। नीति तथा कार्यक्रम पारित भएपछि कर्णाली प्रदेश सरकारले असार १ गते बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले बजेटमा विगतका अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको छ। असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने व्यवस्था रहेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.