|

काठमाडाैं : सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको लगानी बोर्डको बैठकले १०० मेगावाटको तामाकोसी भी आयोजनाका लागि १६ अर्बको लगानी स्वीकृत गरेको छ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले भने, ‘लगानी बोर्ड बैठकको कार्यसूची दुईवटा लगानी स्वीकृतिको थियो। तामाकोसी भी करिव १०० मेगावटको जलविद्युत आयोजनाका लागि साढे १६ अर्बको लगानी स्वीकृत गरेका छौँ। त्यस्तै रौघाट जलविद्युत परियोजना ४० मेगावटको छ जुन रौगंगा जलविद्युत परियोजना कम्पनीमार्फत प्रवर्द्धित छ। त्यो परियोजनामा पनि लगानी स्वीकृत गरेका छौँ।'

उनका अनुसार अपर कर्णाली वित्तीय व्यवस्थापन म्याद थप सम्बन्धी आवश्यक निर्देशन बोर्डबाट प्राप्त भएको छ। त्यस्तै पश्चिम सेती जलविद्युत परियोजना राष्ट्रिय गौरवको आयोजना र राष्ट्रिय प्राथमिकता पनि परेकाे छ। त्यो परियोजनाको सवालमा राष्ट्रिय योजनाको आयोगका उपाध्यक्षको संयोजकत्वका गठित टोलीले भूआयामी अध्ययन सकेर प्रतिवेदन बोर्डमा पेश गरेको थियो।

त्यस्तै बैठकमा राष्ट्रिय गौरवको आयोजना पश्चिम सेतीको डाउन स्टिममा भएको सेती रिभर ३०९ मेगावटको अर्ध जलाशययुक्त आयोजना छ त्यसलाई पनि विकास गर्ने सवालमा छलफल भएको छ। अर्को सूर्यतारा सिमेन्ट उद्योगले ओगटेको जग्गा परिवर्तनको सवालमा छलफल भएको उनले बताए।

कार्यकारी अधिकृत भट्टले अपर कर्णाली वित्तीय व्यवस्थापन म्याद थप सम्बन्धी आवश्यक निर्देशन पनि बोर्डबाट प्राप्त भएको बताए। लगानी बोर्डले ७५० मेगावाट विद्युत क्षमताको पश्चिम सेती जलाशाययुक्त जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ। भट्टले साढे दुई दशकदेखि अल्झिएको यो परियोजनालाई राष्ट्रिय प्राथमिकतामा राखेर निर्माणको चरणमा ल्याउने जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.