|

काठमाडौ‌  : आर्टमान्डु नेपालको प्रस्तुति, कथाकार नवीन चौहानको लेखन, अनिल सुब्बा अन्वेश राई थुलुङ्गको निर्देशनमा बनेको नाटक 'चोरको स्वर' थापागाँउस्थित मण्डला थिएटरमा मञ्‍चन भइरहेको छ।

नाटकले पूर्वी पहाडको लिम्बू समुदायमा प्रचलित भागी विवाह गर्ने परम्परा र त्यसपछि गरिने संस्कारलाई झल्काएको छ। कथामा शेर्माचेम्जोङ गाउँका लिम्बू समुदायका युवा युवतीले घर-परिवारको अनुमतिबिनै भागेर विवाह गर्ने चलन छ। त्यसपछि केटा पक्षका भद्र भलादमीहरू आफ्नो रीतसहित केटी पक्षलाई भागी विवाह भएको जानकारी दिन आउने प्रचलनलाई 'चोरको स्वर' नाटकमा झल्काइएको छ।

नाटकको सुरुवात पालामच्याब्रुङको मिठो धुनबाट हुन्छ। शेर्माचेम्जोङ गाउँका भिमाहाङ र सीमा  मेलामा भेटिन्छन् र सामान्य चिनजानपछि उनीहरूबीच प्रेम हुन्छ। प्रेमपछि उनीहरूले भागी विवाह गर्छन्। 

नाटकमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापा मगर, वेदना राई, सुरज तमू, प्रतिना राई, रमिता राई, प्रयास बान्तवा राई, रेश्मा लिम्बू, सीता राई, नर्सिस लिङ्देन, दिवस पयाङ्गू, उदय लिम्बू, प्रवीन मगर, नुशा लिङ्देन, सुनिल तामाङलगायत कलाकारहरूले अभिनय गरेका छन् ।

यही जेठ २० गतेदेखि मञ्चन भएको नाटक हरेक सोमबारबाहेक असार १५ गतेसम्म देखाइने छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.