|

काठमाडाैं : प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले पदोन्नति भएका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहकाबीच (आईजीपी) सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंहलाई बढुवा गरेको थियो।

पदोन्नति भएका सबैलाई आईजीपी सिंहले आज दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.