|

कास्की : धम्की दिएर तीन लाख रकम असुल्ने एक युवक पक्राउ परेका छन्।

रकम असुल गर्ने बाजुरा बडीमालिका नगरपालिका ७ का २७ वर्षीय शान्तराज तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले कैलाली प्रहरीको सहयोगमा पक्राउ गरेको हो।

तिमिल्सिनाले लुकीछिपी भिडियो बनाई चरित्र हत्या गर्ने र विभिन्न सामाजिक सञ्जालमा भिडियो हालिदिने धाक धम्की दिई पीडितसँग ५० लाख रुपैँया फिरौती माग गरेका थिए। मागेको रकम मध्ये तीन लाख रुपैँया लिईसकेको भन्ने जाहेरीको आधारमा कास्की प्रहरीले खोजी शुरु गरेको थियो।

बिहीबार पक्राउ परेका तिमल्सिनालाई जिल्ला अदालत कास्कीले आपराधिक विश्वासघात सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन भनेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.