|

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा केही दिन ठूला सवारी साधन नचल्ने भएका छन्। आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकालेठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। 

प्रहरी नायब उपरीक्षक युवराज खड्काले साना सवारी साधनलाई एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए। सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराइएको उनको भनाइ छ। 

सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रबारदेखि नै भित्ता काट्न थालेको छ। ठूला सवारी साधन सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला सवारी साधन सञ्चालन गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ। 

शुक्रबार सडक भासिएर एउटा कार र एउटा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.