|

काठमाडाैं : स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको छ।

शनिवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी गायक राजु परियार, गायिका टिका पुन, गायिका लक्ष्मी न्यौपाने, बालकलाकार सान्वी खतिवडा लगायतका कलाकारलाई स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको हो।

कार्यक्रममा पूर्व खानेपानी मन्त्री बिना मगर, कलाकार पल्पसा डंगोल, कलाकार किरण केसी लगायतले अवार्ड वितरण गरेका थिए। नेपाली गीत, संगीतको विकास र स्रष्टाको सम्मानका लागि ग्रेट नटराज फिल्मस् प्रा.लि. को आयोजनामा पहिलो स्टार म्युजिक भिडियो अवार्ड २०२२ आयोजना गरिएको हो।

यो अवार्ड आधुनिक, पप, लोकदोहोरी, लोक, भाषाभाषी, राष्ट्रिय गीत जस्ता विभिन्न विधामा प्रदान गरिएको छ। जसमा गायक, गायिका, संगीतकार, निर्देशक, गीतकार, छायाँकार, संगीत सम्पादकहरुलाई सम्मान गरिएको छ। यो अवार्ड पाउने बाल कलाकारमा जेनिसा अधिकारी, आयुष ढकाल, जेभिन श्रेष्ठ, आराध्य राज्यलक्ष्मी र सान्वी खतिवडा छन्।

आधुनिकतर्फ सागर लम्साल, हरिष निरौला, रोहन नेपाली, सुधीर श्रेष्ठ, रमेशचन्द्र सोडारीले अवार्ड पाएका छन्। त्यस्तै आधुनिक गीतमा रवि ओड, भीम बिसी, सम्राट चौलागाईं, प्रताप दास, सेर्केनीले अवार्ड पाएका छन्।

त्यस्तै आधुनिक गीततर्फ महिलामा सिर्जु अधिकारी, रचना रिमाल, रानी शाक्य, एलिना चौहान, अस्मिता अधिकारीले अवार्ड पाएका छन्।

लोक दोहोरी डान्समा शंकर बिसी, प्रेम थापा, ओबी रायमाझी, सञ्जीव ठकुरी लोमश शर्माले अवार्ड पाएका छन् भने लोक दोहोरीतर्फ महिलामा अञ्जली अधिकारी, करिश्मा ढकाल, आरुषी मगर, गीता ढुंगाना र रुबीना अधिकारीले अवार्ड पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.