|

खाँदबारी : पत्रकारको दुर्घटना बीमा गर्ने पत्रकार महासंघ अग्रसर हुनुपर्ने सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालले बताएका छन्।

दुर्गम क्षेत्रमा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रममा बोल्दै महानिर्देशक हमालले पत्रकारको दुर्घटना बीमा गर्ने जिल्लास्थित नेपाल पत्रकार महासंघ अग्रसर हुनुपर्ने बताए।

संखुवासभाको सदरमुकाम खाँदबारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागले दुर्गम क्षेत्रमा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि तालिम शुरु भएको छ।

दुर्गम जिल्लामा जोखिम मोलेर बाढी पहिरो जस्ता विपद्का सूचना सङ्कलन गर्ने जानुपर्ने बाध्यता भएको महानिर्देशक हमालले बताए। सरकारले दुर्घटनामा परेका पत्रकारलाई दुर्घटना बीमाअन्तर्गत सात लाख रुपैयाँसम्म उपलब्ध गराउने व्यवस्था छ।

राज्यले पत्रकारको योगदानको कदर गर्दे दुर्घटना बीमा सञ्चालनमा ल्याएको उनले बताए। पत्रकार दुर्घटना बीमा (व्यवस्थापन) निर्देशिका, २०७० अनुसार पत्रकार दुर्घटना बीमा अन्तर्गत चोटपटकको कारणबाट ४५ प्रतिशतभन्दा बढी अशक्तता भएकोलाई सात लाख रुपैयाँसम्म र दुर्घटनाबाट भएको उपचारबापत लाग्ने खर्चको हकमा बिलबमोजिम बढीमा दुई लाख रुपैयाँसम्मको खर्च व्यहोर्ने व्यवस्था छ।

पत्रकार दुर्घटना बीमा गर्ने सूचना विभागबाट जारी प्रेस पास र पत्रकार महासंघको सदस्यता नवीकरण भएको हुनुपर्ने प्रावधान छ।

शिविरमा सूचना विभागले अनलाइन दर्ता, प्रेस पास नवीकरण र प्रेस पास वितरण गर्ने जनाएको छ। शनिबारबाट सुरु भएको तालिम तीन दिनसम्म चल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.