|
प्रतीकात्मक तस्विर

महोत्तरी : सशस्त्र प्रहरी बलले पूर्वपश्चिम राजमार्गबाट लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

जिल्लाको बर्दिबास–४ माइस्थानस्थित सशस्त्र प्रहरीको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटेको गस्ती टोलीले ५२ लाख १० हजार रुपैयाँबराबरको अवैध सामानसहित आइतबार एकजनालाई पक्राउ गरेको हो।  सामान भारतीय सीमानाका भिठ्ठामोरबाट ५० किलोमिटर उत्तरतर्फ बरामद भएको हो। 

ना३ख ४७८७ नम्बरको ट्रकमा राखेर पश्चिमतर्फ लैजाँदै गरेको गुट्खा तथा विद्युतीय सामानसहित काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–१ का यमबहादुर श्रेष्ठलाई पक्राउ गरेको बाहिनी मुख्यालयले जनाएको छ।

पक्राउ परेका श्रेष्ठलाई बरामद भएको सामान र ट्रकसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको बाहिनी मुख्यालयले जनाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.