|

काठमाडौं : रामबाबु गुरुङको निर्देशनमा बनेको नेपाली फिल्म 'कबड्डी ४ः द फाइनल म्याच' माथि मुद्दा दायर भएको छ। फिल्ममा बौद्ध धर्म र भिक्षु (लामा)को गलत व्याख्या गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दायर भएको हो। 

सिन्धुपाल्चोक लिसंखुपाखर स्थाई घर भइ हाल काठमाडौंमै बस्दै आएका ३९ वर्षीय रोविनकुमार लामाले कबड्डी ४ माथि मुद्दा हालेका हुन्। फिल्ममा बौद्ध धर्म, बौद्ध भिक्षु र सिद्धान्तमाथि नै आँच आउने किसिमले कथा प्रस्तुत गरिएको आरोप लामाले लगाएका छन्। 

लामा उर्गेलिङ्ग गुम्बा सिन्धुपाल्चोकका अध्यक्ष हुन्। लामो समयदेखि बौद्ध धर्म र धर्मावलम्बी तथा भिक्षुहरूको हकहितका लागि काम गर्दै आएको र धर्म संस्कृतिको संरक्षण तथा आगामी दिनमा यस्ता गल्ती नदोहोरिउन् भन्नका लागि मुद्दा हाल्नु परेको लामाले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखेको निवेदनमा उल्लेख छ। 

यसअघि पनि फिल्मकी अभिनेत्री मिरुना मगरले यौन दुर्व्यवहार गरेको भन्दै एक भिक्षुमाथि प्रहरीमा मुद्दा दायर गरेपछि फिल्म विवादमा तानिएको थियो। एक दिन चर्को आन्दोलन भएपछि अर्को दिन दुवै पक्षबीच सम्झौता भएको थियो। 

तेस्रो हप्तामा प्रदर्शन भइरहेको फिल्मले १६ दिनमा २० करोडभन्दा बढीको कमाइ गर्दै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

यस्तो छ जिप्रका काठमाडौंमा दिएको निवेदनः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.