|

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह (बालेन्द्र) ले बागमती प्रदेशले आयोजना गरेको स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास अभिमुखीकरण कार्यक्रममा महानगरपालिकालाई निशाना बनाएको भन्दै असन्तुष्टि जनाएका छन्। 

बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षहरूका लागि सञ्चालन गरेको स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रममा सोमबार सहभागी भएपछि उनले असन्तुष्टि पोखेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो।’​

दुई दिन सञ्चालन हुने कार्यक्रममा जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन विधिबारे अभिमुखीकरण तालिम दिने प्रदेश सरकारले जनाएको छ।

कार्यक्रमको पहिलो दिन मुख्यमन्त्री राजेन्द्र पाण्डे, राष्ट्रियसभाका सांसद तथा संघीयताविज्ञ डाक्टर खिमलाल देवकोटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रशिक्षण दिएका थिए।

कार्यक्रम मंगलबार सम्पन्न हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.