|

जनकपुरधाम : जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले मधेश सरकारको मुख्यमन्त्री स्वच्छता कार्यक्रमअन्तर्गत भएको जानकी मन्दिर सौन्दर्यीकरण र बृहत्तर क्षेत्र विकास परिषद्‌बाट मन्दिरमा जडान भएको लाइटमा भ्रष्टाचार भएको  आरोप लगाएका छन्। 

महन्थ दासले मंगबार मन्दिरमै पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन्। दासले  जानकी मन्दिरलाई भ्रष्टाचार गर्ने थलो बनाएको आरोप लगाए।

मन्दिर सौन्दर्यीकरणमा मेधश प्रदेश  सरकारले टाइल्स मार्बल, मर्मत लगायतको सौन्दर्यीकरण लागि ७ करोड २० लाख रुपैयाँ  छुट्याएको थियो।

सौन्दर्यीकरणको काम अन्तिम चरणमा रहेको छ। महन्थ दासले प्रदेश सरकारबाट जडान भएको टाइल्स मार्बल थुप्रै ठाउँमा फुटिसकेको र फुट्ने क्रम जारी रहेको भन्दै कमसल सामग्री प्रयोग गरेर भ्रष्टाचार गरेको आरोप लगाएका छन्।

त्यस्तै गत आर्थिक वर्षमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले ११ करोड रुपैयाँको लागतमा मन्दिरभरि आकर्षक देखिने लाइट जडान गरेको थियो। सो लाइट दुई महिना पनि नबलेको महन्थ दासको गुनासो छ।

पत्रकार सम्मेलनमा बोल्दै महन्त दासले जानकी मन्दिरको नाममा लुट्ने काम ठीक होइन। बृहत्तरले ११ करोडमा जडान गरेको बिजुली लाइट मिस्त्रीले भने अनुसार १ डेढ महिनामै सबै खराब भइसकेको र  बल्ने लायक नरहेको महन्थ दासले जानकारी गराए। 

पटक पटक बनाउन आग्रह गर्दा बृहत्तर मिस्त्री नआएको बहाना लगाएर पन्छिरहेको र  मधेश सरकारले सौन्दर्यीकरणको नाममा गरेको हालत उस्तै रहेको गुनासो गरेका छन्। 

कुनै निकाय काम गर्न आउँदा पनि मन्दिरसँग कुनै समन्वय र छलफलै नगरी मन्दिरको पुरातत्त्वमा असर पर्ने गरी कमसल काम गर्ने गरेको महन्थ दासले पत्रकार सम्मेलनमा जानकारी गराए।

महन्त दासले भने, ‘म ती निकायहरुसँग आग्रह गर्छु। जे काम गर्नु छ हामीसँग पनि छलफल गरेर राम्रो काम गर्नुस्। मेरो आग्रह छ जानकी मन्दिरमा सौन्दर्यीकरणको नाममा भ्रष्टाचार नगर्नुस्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.