|

काठमाडौं : बहुप्रतीक्षित बलिउड सुपरहिरो फिल्म ‘ब्रह्मास्त्रः शिवा’को ट्रेलर सार्वजनिक भएको छ। रणवीर कपुर र आलिया भट्टको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर बुधबार सार्वजनिक भएको हो। 

सुपरहिरो विधामा रहेको यो फिल्म साइन्स फिक्सन र पौराणिक कथामा आधारित रहेर बनेको छ। आयान मुखर्जीको निर्देशनमा बनेको फिल्ममा रणवीर र आलियाबाहेक अमिताभ बच्चन, नागार्जुना, मोनी रोएलगायत कलाकारको मुख्य भूमिका रहेको छ। 

फक्स स्टार स्टुडियोले निर्माण गरेको फिल्म ३ भागमा प्रस्तुत हुने कथाको पहिलो भाग हो। फिल्ममा शिवाको भूमिकामा रणवीर रहेका छन्। रणवीरको भूमिका फिल्ममा एक सुपरहिरोको रुपमा देखिनेछन्।

फिल्म सेप्टेम्बर ९ देखि विश्वव्यापी प्रदर्शनमा आउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.