|

धादिङ: सदरमुकाम धादिङबेसीबाट मलामी लिएर मैदी जाँदै गरेको गाडी  दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। 

बा ४ ख १२२९ नम्बरको स्वराज गाडी गएराति करिब ११ बजे नीलकण्ठ नगरपालिका ८ मैदी भज्याङमा अनियन्त्रित भएर सडकमै पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा परी घाइते भएका ५ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

धादिङका डीएसपी जागेश्वर भण्डारीका अनुसार ६ जनाको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको छ भने अन्य घाइते सामान्य उपचार पछि घर फर्किएका छन्।

दुर्घटनापछि सवारी चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.