|

काठमाडौं  :  बहुऔषधीय गुण भएको गानोडोर्मा (रातो) च्याउको व्यावसायिक उत्पादन गरी नेपाली बजारमा विक्री वितरण सुरु गरिएको छ।

भैरव च्याउ उद्योग प्रालि तानसेन–८ जरेपिपल, पाल्पामा उत्पादन हुँदै आएको उक्त रातो च्याउको काठमाडौंबाट बालाजुस्थित गुराँस खाद्य उद्योग प्रालिले बिक्री वितरण सुरु गरेको हो।

उक्त उद्योगले ‘पाल्पाली जाग्यो रहर, काठमाडौंलाई बनाउने रातो च्याउको शहर’ नारा तय गरेको छ।

गानोडोर्मा (रातो) च्याउ एक लोकप्रिय औषधीय गुण भएको बहुउपयोगी च्याउ हो। यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। स्वास्थ्य र आयु प्रत्याशामा प्रवर्द्धन प्रभावको कारण यो च्याउ प्राय मानव चिकित्सामा प्रयोग गरिदै आएको छ।

यो च्याउलाई भैरव च्याउ उद्योगले आधुनिक ल्यावमा उत्पादन गरी विक्री वितरणमा ल्याएको उद्योगका अध्यक्ष केशव बहादुर कार्कीले जानकारी दिए। 

अध्यक्ष कार्कीका अनुसार यो च्याउ नेपालको जंगलमा पनि पाईन्छ। यसको आकार पंखा जस्तै फैलिएको हुन्छ। यो च्याउ अरु च्याउ जस्तो नरम र मीठो हुँदैन। यो काठ जस्तो साह्रो हुन्छ र स्वाद पनि तीतो हुन्छ। त्यसैले यो च्याउ अन्य च्याउ जस्तै तरकारी बनाएर खान सकिन्न। सुकाएको रातो च्याउको टुक्राहरू पानीमा उमालेर रस चियाको रुपमा पिउन पर्ने हुन्छ।

यसमा पोलिसचाराइडर, ट्रिटरपेनोइड, अर्गानिक जर्मनियम, एमिनो एसिड्स जस्ता औषधीय तत्व रहेका हुन्छन्। त्यसैगरी प्रोटिन भिटामिन्स, मिनरल, माइक्रोनट्रियन्टस् इत्यादि पौष्टीक तत्वहरू पनि पाइन्छ। यी तत्वहरुले गर्दा हाम्रो शरीरमा रेसिस्टान्स बढाउँछ र रोग प्रतिरोधि क्षमता बलियो हुन्छ। त्यसकारण पनि यो च्याउ सेवन गर्नाले विभिन्न रोगहरु लागेका विरामीहरुलाई पनि फाइदा हुने गर्दछ। औषधीय र पौष्टिक तत्वले भरिपूर्ण भएका कारण पनि विश्वभर यो च्याउको प्रयोग बढ्दै गएको छ।   

यो च्याउ क्यान्सर र एचआईभी एड्स रोगीका लागि अति उत्तम मानिन्छ। यस रातो च्याउको महत्वपूर्ण तत्वहरुबाट नै यो सम्भव भएको हो। उक्त उद्योगले ल्याएको रातो च्याउको खुद्रा मूल्य प्रतिकिलो २० हजार रुपैयाँ पर्ने र होलसेलमा खरिद क्षमता हेरी १२ देखि १५ हजार रुपैयाँसम्म पर्ने अध्यक्ष कार्कीले जानकारी दिए।  

यो रातो च्याउ उत्पादक भैरव च्याउ उद्योगले पाँच वर्षअघिदेखि सिताके च्याउ पनि व्यवसायिक उत्पादन गरी विक्री वितरण गर्दै आएको छ। सिताके च्याउ मानव स्वास्थ्यका लागि निक्कै लाभदायक परिवर्तनहरु गर्न सकिने गुण भएको उद्योगले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.