|

दैलेख : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला (गोविन्द बन्दी)ले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरूलाई टुङ्गोमा पुर्‍याउने बताएका छन्।

दैलेखका स्थानीय तहका जनप्रतिनिधिसँग छुवाछुतका विषयमा अन्तरक्रिया गर्न यहाँ आएका मन्त्री कोइरालाले आइतबार बिहान त्रिभुवन पूर्व विद्यार्थी मञ्च दैलेखले आयोजना गरेको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

‘अझै पनि शान्ति प्रक्रियाका कामहरू टुङ्ग्याउन बाँकी छ, ती कामहरूलाई टुङ्गोमा पुर्‍याउने आफ्नो पहिलो उद्देश्य हो’, कानुनमन्त्री कोइरालाले भने।

मन्त्री कोइरालाले छुवाछुत जस्ता कुरा कसैले सत्ता सञ्चालनका लागि मात्र बनाएकाले त्यसका विरुद्धमा सबै एक हुनुपर्ने बताए। उनले छुवाछुत कानुनी र सामाजिक अपराध भएको पनि बताए।

मन्त्री कोइरालाले आफू अन्यायका विरुद्धमा बाल्यकादेखि नै बोल्दै आएको बताए। उनले दैलेखको विकासका लागि सङ्घीय सरकार र आफ्नो ठाउँबाट पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.