|

सिरहा : सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ गोल बजारस्थित पूर्व–पश्चिम लोकमार्गबाट आज सशस्त्र प्रहरीले ६० बोरा सुर्तीजन्य पदार्थ बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले उक्त सुर्तीजन्य पदार्थ बरामद गरेको हो।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८२४० नम्बरको ट्रकमा शंका लागि जाँच गर्दा सुर्तीजन्य पदार्थको खोलमा जनहितमा जारी लोगो नभएको भेटिएपछि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.