|

काठमाडौं : जिल्ला अदालत काठमाडौंले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थीलाई दुर्व्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जानकारी दिए। 

कलेजका विद्यार्थीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा उनीहरूलाई थुनामा राखी अनुसन्धान गर्न लागिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.