|

काठमाडौं : काठमाडौंको शंखरापुर नगरपालिका –१ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको छ। 

टिपरको ठक्करबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका –१३ घर भएकी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको हो। प्रदेश ३-०१-००६ ख ३४७४ नम्बरको टिपरले गएराति उनलाई ठक्कर दिएको थियो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यस्तै दैलेखको भगवतीमाई गाउँपालिका –७ खोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानिय १८ वर्षीय जगत बहादुर वि.क रहेका छन्। कर्णाली प्रदेश ०२-००१ त ०२४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई गएराति सडकबाट अन्दाजी ५० मिटर तल खसेको अस्थायी प्रहरी पोष्ट लोहरे दैलेखले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.