|

कञ्चनपुर :  वेदकोट नगरपालिका–७ सुडामा बसले साइकललाई ठक्कर दिँदा ३० वर्षीया महिलाको मृत्यु भएको छ। 

बुधबार बिहान महेन्द्रनगरबाट बर्दिया तर्फ जाँदै गरेको ना ४ ख ८०७७ नम्बरको यात्रुवाहक बसको ठक्करबाट साइकलमा सवार शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षीया विमला देवी जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएपछि जोशीलाई महाकाली अस्पताल लगिए पनि त्यहाँ पुर्‍याउँदा मृत्यु भइसकेको थियो। 

बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.