|

पोखरा : पोखरा महानगरपालिकामा बजेट प्रस्तुत गर्न दिने सहमति भएको छ। यसअघि नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि नगरसभा अवरुद्ध भएको थियो। 

साढे ४ बजे शुरु भएको नगरसभामा एमालेबाट निर्वाचित प्रतिनिधि राधिका शाहीले रातो किताब च्यात्दै बजेट पारित हुनुभन्दा अगाडि रातो किताब छापेको भन्दै आपत्ति जनाएकी थिइन्इ। उनले १७६ जना नगरपालिका सदस्यको अधिकार हनन गरी लोकतान्त्रिक विधि, विधानलाई कुल्चँदै र नगरसभा सदस्यको अधिकारलाई कुल्चँदै बजेट प्रस्तुत गर्नुभन्दा अगाडि नै रातो किताब छापेकाले एमाले बजेटमा सहभागी नहुने बताएकी थिइन्।

त्यसैगरी महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले रातो किताब किन प्रकाशन गरियो भन्ने विषयमा आफू अनभिज्ञ रहेको बताइन्। उनले रातो किताब किन भनियो र किन छापियो मेयरले त्यसको जवाफ दिनुपर्ने बताएकी थिइन्।

महानगरका मेयर धनराज आचार्यले किताब मस्यौदामात्र भएको र बजेटको अन्तिम रातो किताब नभएको भन्दै सभामा जवाफ दिए। उनले महानगरको नम्बर नघटोस् भनेर ‘लिजा’ (स्थानीय तह स्वमूल्यांकन प्रणाली)मा चढाउनका लागि लेखा शाखाले नियमित कामका क्रममा बजेट ड्राफ्ट तयार मात्रै गरेको बताएका थिए।

पोखरा महानगरले शुक्रबार करिब साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.