|

काठमाडौं : श्रममन्त्री कृष्णकुमार श्रेष्ठले आफूले मन्त्री पदबाट राजीनामा दिने भन्दै पत्रकार सम्मेलन नगर्ने बताएका छन्। 

राष्ट्रियसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएर फर्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरेपछि आफू स्वत: हट्ने बताएका हुन्। 

उनले भने, ‘म पत्रकार सम्मेलन गर्दिनँ। पार्टी मन्त्री बनाएको हो। पार्टीले फिर्ता बोलाउँछ। प्रधानमन्त्रीले पुनर्गठन गर्नुहुन्छ। हामी बसिरहेका छैनौँ। मन्त्रिमण्डल पुनर्गठन गरेपछि हामी छाडिहाल्छौँ, यहाँ तिललाई पहाड बनाउन काम भयो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.