|

काठमाडौं : नवनियुक्त स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले पदभार ग्रहण गरेका छन्। 

एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार ग्रहण गरेका हुन्। 

यसअघि यहि मन्त्रालयमा उनी राज्य मन्त्री थिए। उनीसँगै राज्यमन्त्री हिराचन्द्र केसी पनि आइपुगेका छन्। उनलाई सचिव डा. रोहन पोखरेल र देवकुमारी गुरागाईँले स्वागत गरेका थिए। 

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई सोमबार दिउँसो राष्ट्रपति कार्यालय र प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्रीलाई सिंहदरबारस्थित कार्यालयमा शपथ गराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.