|

काठमाडाैं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र कानुनविपरीत कुनै पनि काम नगर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन्।

एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा नवनियुक्त मन्त्रीलाई सरकार सञ्चालनबारे प्रशिक्षणमूलक निर्देशन दिँदै अध्यक्ष नेपालले पार्टीको नीति, निर्देशन विपरीत नजान मन्त्रीहरूको ध्यानाकर्षण गराए। उनले देश र जनताको हितलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्न सुझाव दिएका छन्।

मन्त्रीलाई विकृति विसंगतिमा नफस्न र सेवा प्रवाह चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिँदै उनले जनतामा सकारात्मक छाप पर्ने गरी र पार्टीको शिर उच्च हुने गरी काम गर्नुपर्नेमा जाेड दिए।

पार्टीका तर्फबाट जीवनराम श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीले सहरी विकास, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसङ्ख्या, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.