|

काठमाडौं : नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भारतीय राजदूत श्रीवास्तवले देउवासँग भेटवार्ता गरेका हुन्।

यस क्रममा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको शुभकामना सन्देश देउवालाई सुनाए।

उनले दुई देशबीचको मैत्रीसम्बन्धलाई थप मजबुत बनाउन प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.