|

काठमाडौं : काठमाडौंको बुद्धनगरस्थित केएमसी होस्टलमा कार्यरत कर्मचारी मृत फेला परेकी छन्। 

काभ्रे घर भएकी २१ वर्षीया रमा रायमाझी गएराति मृत अवस्थामा फेला परेको  जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकराी दिए। अहिले 

छात्रा होस्टलमा कार्यरत रमालाई झुण्डेको अवस्थामा देखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए।

उनको शव घटनास्थलमै छ। ‘स्कुलको ग्राउण्ड फ्लोरमा रहेको होस्टलको रुममा उनी मृत भेटियकी हुन्,’ एसपी मैनालीले भने, ‘हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका छैनन्। घटनाको अनुसन्धान भइरहेको छ।’

युवती विगत ५ वर्षदेखि स्कुलको क्यान्टिनमा कार्यरत रहेको बुझिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.