|

काठमाडौं : नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ। 

क्यानाडाको किङ सिटी स्टेडियममा तय खेल वर्षाको कारण रद्द भएको हो। वर्षाको कारण खेल टस समेत नभई रद्द भयो। 

दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले बुधबार दोस्रो एकदिवसीय खेल खेल्नेछ ।

विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो। 

नेपालले यसअघि क्यानाडाको ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपालले जिते हात पारेको थियो। क्यानाडासँग आज एकदिवसिय सिरिजको दोस्रो खेल खेलेपछि नेपाली टोली त्यतैबाट स्कटल्याण्ड जानेछ। 

नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा स्कटल्याण्ड र नामिबियासँग खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.