|

सर्वाधिक पुरानो टेनिस प्रतियोगिता विम्बल्डनमा पुरुष एकलतर्फ विश्व नम्बर एक नोभाक जोकोभिच अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन्। दुई सेटले पछि परेको खेलमा उत्कृष्ट पुनरागमन गर्दै सर्वियन स्टार जोकोभिच सेमिफाइनल प्रवेश गर्न सफल भए।

सेन्टर कोर्टमा मंगलबार राति भएको क्वार्टरफाइनलमा साविक विजेता जोकोभिचले १०औं वरीयताका इटािलयन जानिक सिनरमाथि ३–२ को सेटमा जित निकाले।

निकै रोमाञ्चक बनेको प्रतिस्पर्धामा जोकोभिच सुरुआती दुई सेट गुमाउन पुगेका थिए। जोकोभिचले ५–७ र २–६ ले सुरुवाती दुई सेट लगातार गुमाए। त्यसपछि खेलमा फर्किएका उनले बाँकी तीन सेट ६–३, ६–२ र ६–२ ले आफ्नो पक्षमा पार्दै सिनरलाई निरास बनाए। 

सातौपटक विम्बल्डन जित्ने अभियानमा रहेको जोकोभिचको यो ३३२औं ग्रान्डस्लाम जित हो। ३५ वर्षीय जोकोभिचले बेलायतका क्यामरुन नोरीसँग फाइनल प्रवेशको भिडन्त गर्ने छन्। नोरीले अमेरिकन टोमी पउललाई ६–४, ७–५ र ६–४ ले पराजित गर्दै सेमिफाइनलमा जोकोभिच सँगको भेट पक्का गरेका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.