|

बैतडी : जिल्ला कारागार बैतडीका कैदीबन्दीको कारागारमै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिएको छ।

विवरण संकलन कार्यमा कारागारमा रहेका १७ कैदीबन्दी र एक सुरक्षाकर्मीको परिचय पत्रका लागि विवरण संकलन गरिएको कम्प्युटर टेक्निसियन बालकृष्ण प्रसाद भट्टले जानकारी दिए।

कारागारभित्रै ८७ कैदीबन्दी रहेका भएपनि सबैसँग आवश्यक कागजात नरहेको तथा कसैले पहिला नै बनाएकोले १७ जनाको मात्रै विवरण संकलन गरिएको जनाइएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गरेको परिपत्र अनुसार नै कारागारभित्रै कैदीबन्दीको विवरण संकलन गरिएको हो। कैदीबन्दीलाई बाहिर ल्याउँदा सुरक्षा चुनौती हुने भएकोले कारागारभित्रै टोली गएर विवरण संकलनको काम गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

बैतडीमा वि स २०७७ असोज पहिलो सातादेखि राष्ट्रिय परिचय पत्र विवरण संकलनको काम शुरु भएकोमा हालसम्म ८३ हजार ३८३ जनाको विवरण संकलन भइसकेको छ।

शुरुमा जिल्ला प्रशासन कार्यालयमा विवरण संकलनको काम भएको थियो भने हाल अभियानकै रुपमा वडास्तरमै उक्त कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

राष्ट्रिय परिचयपत्र बहुउपयोगी भएकाले यो परिचयपत्र बनाउन सबै नागरिकलाई आग्रह गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.