|

रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–३ पांगामा बसोबास गर्ने एक सुकुम्वासी युवा छाला रोगले थलिएका छन्। 

लामो समयदेखि यहाँ बस्दै आएका धनबहादुर कामीका छोरा टेकबहादुर कामीलाई छालाको रोगले सताएको छ। तर आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या देखिएको छ। 

सुरुमा रुकुम जिल्लामा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि बाँके लगिएको थियो। पैसा नभएपछि उनको उपचारमा समस्या भएको छ। 

आर्थिक अवस्था कमजोर भएकाले कामीको उपचारका लागि सिस्ने–३ का युवाले जनता मावि पोखराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराम लामिछानेको नेतृत्वमा रकम संकलन अभियान थालिएको छ।

अहिलेसम्म १९ हजार ८४५ रुपैयाँ संकलन भएको लामिछानेले जानकारी दिए।  यस्तै उपचारका लागि रकम सहयोग गर्न कामीको परिवारले सबैसँग अपिल गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.