|

काठमाडौं : प्रि-सिजन टुरका क्रममा थाइल्यान्डमा रहेका इंग्लिस क्लब लिभर पुल र म्यानचेस्टर युनाईटेड बिच मंगलबार राति भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले लिभरपुलमाथि गोल वर्षा गरेको छ।

थाइल्याण्डमा एकपछिय जित निकाल्ने क्रममा युनाईटेडले लिभरपुललाई ४-० गोल अन्तरले पराजित गर्यो। खेलको १२ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए।

पहिलो हाफमानै प्रभावसालि अग्रता बनाउने क्रममा ३० औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई २-० को अग्रता दिलाए। तेस्रो गोल एन्थोनी मार्सियलले ३३ औं मिनेटमा सभव बनाउदा पहिलो हाफमा युनाईटेड ३-० ले अघि रह्यो।

दोस्रो हाफमा पनि राम्रो लयमा देखिएको युनाईटेडले ७६ औं मिनेटमा फाकुन्डो पेलिस्ट्रीको गोलमार्फत खेलमा ४-० को जित दिलाए। नवनियुक्त मुख्य प्रशिक्षक एरिक टेन ह्यागको पहिलो खेलमै युनाईटेडले जित निकाल्दै टिममा सुखद सुरुवात गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.