|

धनगढी : सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त भएका छन्। मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेकोमा आज उनको राजीनामा स्वीकृत भएको हो।

मल्लले राजीनामा स्वीकृत गराइदिन लेखेको पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा पढेर सुनाएपछि उनी आज पदमुक्त भएका हुन्।

प्रदेशसभाको बुधबार बसेको बैठकमा सभामुख थापाले आफू आबद्ध पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाएका थिए। त्यसपछि सभामुख थापाले मल्ल पदमुक्त भएको घोषणा गरे।

२०७४ सालको निर्वाचनमा डडेल्धुराबाट प्रदेशसभा सदस्य विजयी मल्ललाई नेपाली कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि उनले प्रदेशसभा सदस्य त्यागेको घोषणा गरेका थिए।

कांग्रेसले पार्टी विधानविपरीत फर्जी क्रियाशील सदस्यता बाँडेर डडेल्धुराको जिल्ला अधिवेशन गरेको भन्दै मल्ल पक्षले बहिष्कार गरेको थियो। सोही विषयलाई लिएर विवाद बढ्दै गएपछि कांग्रेसलाई मल्ललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.