एमाले र जसपाद्वारा विपक्षमा मत

|

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ। बुधबार बसेको प्रदेशसभाको दोस्रो बैठकबाट बजेट बहुमतले पारित भएको हो।

प्रतिपक्षी दल एमाले र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यबाहेक अन्यले बजेटको पक्षमा मत दिएका छन्। एमाले र जसपाका सांसदले भने विपक्षमा मत दिएका थिए।

असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए। तर प्रतिपक्षी एमालेसँगै सत्तारुढ दलका प्रदेशसभा सदस्यहरुले बजेट संशोधनको माग गरेपछि २८ दिनसम्म प्रदेशसभा बैठकमा अवरुद्ध हुँदै आएको थियो।

बुधबार एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक जनता समाजवादी पार्टीका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको भन्दै १४ बुँदे सहमति गरेपछि प्रदेशसभा बैठक सुचारु भएको थियो। बैठकमा प्रदेशसभा सदस्यहरूले बजेटमाथि छलफल गरेका थिए। प्रदेशसभा सदस्यहरुले बजेट संशोधन गर्नुपर्ने भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका थिए।

जवाफमा आर्थिक मामिलामन्त्री रावलले बजेटमा भएका कमीकमजोरी सच्याएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। बजेटमाथि एकदिन मात्र छलफल गरेर सरकारले हतारहतार बजेट पारित गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.