|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले विभिन्न विषय परीक्षाको लागि हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कुनै पनि परीक्षामा संलग्न नहुने गरी कारबाही गरेको छ। त्रिविले ती व्यक्तिले प्राज्ञिक मूल्य र मान्यताविपरीत गई कार्य गरको भन्दै कारबाही गरेको हो।

त्रिविले जारी गरेको प्रेस विज्ञप्तिमा मौलिक रुपमा प्रश्नपत्र तयार गरी विद्यार्थीहरुको परीक्षा लिनुपर्नेमा शंकरदेव क्याम्पसमा अध्ययनरत आंशिक शिक्षकले क्याम्पसको यसै शैक्षिक सत्रको प्रि-बोर्डमा बजारमा प्राप्त पाठ्यपुस्तकबाट हुबहु प्रश्नउत्तर गरी सोधेको उल्लेख छ।

​निजलाई ३ वर्षसम्मका लागि त्रिवि अन्तर्गतका कुनै पनि परीक्षामा संलग्न नगर्न नगराउने गरी कारबाही गरिएको त्रिविले जनाएको छ। त्यस्तै,त्रिविले व्यवस्थापन संकायअन्तर्गत सञ्चालित बिबिए छैटौँ सेमेष्टरको २२ गते सञ्चालित एमजिटी २०३ : अर्गनाइजेशन विहेवियरको परीक्षामा हुबहु प्रश्नपत्र बनाउने व्यक्तिलाई पनि कारबाही गरेको छ।

उनलाई पनि त्रिविले ३ वर्षसम्मका लागि त्रिवि अन्तर्गतका कुनै पनि परीक्षामा संलग्न नगर्न नगराउने गरी कारबाही गरिएको त्रिविले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.