|

काठमाडौं : नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। 

आज बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएपछि सभामुख अग्नीप्रसाद सापकोटाले निर्णयार्थ पेश गर्दै पारित भएको घोषणा गरेका हुन्। 

'हुन्छ भन्ने माननिय सदस्यहरुको बहुमत भएकाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।' सभामुख सापकोटाले भने।

त्यसअघि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले कुनै पनि नेपाली नागरिक नेपाली नागरिकता पाउनबाट बञ्चित नहोस् भन्ने उदेश्यले नै यो विधेयक अघि सारिएको बताए। संविधानअनुसार विधेयक ल्याएर नागरिकका अधिकार सुनिश्चित गर्न खोजिएको हो ।' उनले भने ।
 
बुधबार प्रस्तुत विधेयकमाथि बिहीबारदेखि सैद्धान्तिक छलफल सुरु भएको थियो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.