|

काठमाडौं : नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले प्रहरी प्रमुख (आइजिपी) नियुक्ती बदर गर्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

सर्वोच्चका प्रवक्ता बिमल पौडेलका अनुसार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको हो। 

प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआइजी पोखरेलले रिट दायर गरेका थिए। 

उनले आफूभन्दा जुनियरलाई आइजिपी बनाइएको भन्दै सरकारको निर्णय खारेज हुनुपर्ने माग गरेका थिए।

सर्वोच्चको यो फैसलासँगै अब एक महिना मात्रै कार्यकाल बाँकी रहेका पोखरेलसामू प्रहरी प्रधान कार्यालयमा हाजिर हुने वा राजीनामा दिने विकल्प मात्रै बाँकी रहेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.