|

काठमाडौं : भारतको नयाँ दिल्लीमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  शनिबार र आइतबार उच्चस्तरीय भेटवार्तामा व्यस्त रहने भएका छन्।

प्रचण्डले शनिबार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेट भाजपा मुख्यालयमा हुनेछ। 

शनिवार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने तय भएको छ।

प्रचण्ड भाजपाले शनिबार गर्ने ‘नेपाल–भारत सम्बन्धका विभिन्न आयाम’ विषयक कार्यक्रममा सहभागी हुँदैछन्। 

आइतबार भने भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। भेट मोदीकै निवासमा हुनेछ। प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार उनी आइतबार नै स्वदेश फर्किने कार्यक्रम छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.