|

काठमाडौं : राजधानीको बाग्मती, विष्णुमती, मनोहरा र गोदावरी नदी किनारको खाली जमिनमा हजारौँ टहरा बनेका छन्। घरबारविहीनका नाममा हजारौँ यहाँ बस्दै आएका छन्। 

नदी किनार अतिक्रमणमा पर्दा उपत्यकाको सभ्यतामै प्रश्नचिह्न खडा भएको छ। नदी अतिक्रमणका साथै फोहोरको समस्या जटिल बनेको छ। फोहोर नदी किनारमा बस्ने सुकुमवासीका पनि आफ्नै समस्या छन्।

विभिन्न समयमा बनेका सरकारले सुकुमवासीको व्वस्थापन गर्ने आश्वासन दिए पनि कार्यान्वयन भने भएको छैन। यी अव्यवस्थित वस्तीका कारण शहरको सौन्दर्यमा ह्रास आएको त छ नै सुकुमवासी पनि अनेक समस्या भोग्न बाध्य छन्।

स–साना झुपडी र टहराबाट वर्षौंअघि शुरु भएको यहाँका बस्ती अचेल धेरै ठाँउमा पक्की घरमा परिणत भएको देख्न सकिन्छ। कतिपय ठाँउमा महँगो रकम लिएर सटर र कोठा भाडामा लगाइरहेको पनि पाइन्छ।

हेर्नुहोस् काठमाडौं उपत्यकाका केही सुकुमवासी बस्ती–

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.