|

काठमाडाैं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीलाई कमभन्दा कम क्षति हुने गरी सत्तारुढ दलहरुबीच प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा गठबन्धन गर्नुपर्ने बताएका छन्।

शनिबार भरतपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता कोइरालाले यस्तो भनाई व्यक्त गरेका हुन्। त्यस सम्बन्धमा केन्द्रीय समितिमा व्यापक छलफल भईरहेको र त्यसले आवश्यक निर्णय लिने उनकाे भनाई थियो।

नेता कोइरालाले भने, ‘गठबन्धनबारे केन्द्रीय समिति बैठकमा व्यापक छलफल भइरहेको छ। तर, गठबन्धन गर्दाखेरी पनि नेपाली कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी हामी गठबन्धनमा जानुपर्छ। सभापतिजी विधि र विधानसम्मत जानु भएन। ३ महिनामा चयन हुनुपर्ने कोषाध्यक्ष अझै चयन गर्न सक्नु भएको छैन।’

उनले पार्टीको विधान अनुसार अझै केन्द्रिय कोषाध्यक्ष समेत चयन गर्न नसकेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश समेत व्यक्त गरे। उनले पार्टीलाई विधि र विधानमा हिँडाउन नेतृत्वलाई सचेत गराउने काम आफूहरुले गरिरहने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.