|

काठमाडौँ : नवनिर्वाचित प्रतिनिधिकी उपसभामुख पुष्पा भुसाल गौतमले सदनलाई प्रभावकारी ढंगले अघि बढाउन भूमिका खेल्ने बताएकी छन्।

शीतल निवासमा आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबार पुगेर पदबहाली गर्दै उनले यस्तो बताएकी हुन्। 

‘संविधानले उपसभामुखबाट अपेक्षा गरेको भूमिकामा इमान्दारीपूर्वक काम कारवाही अघि बढाउनेछु र सदनलाई पनि अत्यन्त प्रभावकारी ढंगबाट अगाडि बढाउन मेरो प्रयास रहन्छ‚’ उनले भनिन्। 

प्रतिनिधिसभाको ५ वर्षको कार्यकाल सकिन ३/४ महिना मात्रै बाँकी छ। यो समय आफ्नो लागि अत्यन्त महत्वपूर्ण रहने उनको भनाइ छ।

पाँचदलीय गठबन्धनबाट शुक्रबार उपसभामुखमा निर्वाचित भएकी भुसालले आज शपथ लिएर पदभार ग्रहण गरेकी हुन्। 

नेकपा एमालेकी विद्या भट्टराईलाई पराजित गर्दै उपसभामुख बनेकी भुसालले अब संसदीय प्रक्रियामा भूमिका निर्वाह गर्नेछिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.