|

काठमाडौं : साउन महिनाको पहिलो सोमबार। साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ।

नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ। काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको दत्तात्रेय, काभ्रेको धनेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर लगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ। त्यसैले यो दिनको उनको आराधना गरिन्छ।

पुराणमा पनि साउने सोमबारको महिमा उल्लेख छ। यो दिन आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ। 

शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ। 

यो वर्ष साउनको २ सहित ९,१६,२३ र ३० गते सोमबार परेको छ।​

साउनमा रुद्री

साउनमा रुद्री लगाउने चलन पनि । सोमवार, नजुरे अन्य दिनहरुमा पनि ब्राह्मणहरूद्वारा रुद्राभिषेक गराइन्छ।

रुद्रीमा वैदिक मन्त्रोच्चारण सहित जलधाराले शिवको अभिषेक गरिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.