|

काठमाडाैं : नेपाली चलचित्र राधाको तीज विशेष गीत रिलिज भएको छ। सोमवार काठमाडौंमा एक कार्यक्रमबीच 'पाउमा पाउजु' बोलको गीत सार्वजनिक भएको हो।

नायिका प्रियंका कार्की र श्रृष्टी श्रेष्ठको नृत्य रहेको गीत पशुपति वृद्धाश्रम परिसरका क्षेत्रमा छायांकन गरिएको थियो। गीतमा सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको छ भने संगीत गायक कालीप्रसाद बाँस्कोटाले भरेका छन्।

सिर्जना खत्रीको शब्द रहेको गीतको भिडियो कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन्। कार्यक्रममा बोल्दै निर्देशक एवं नायक खगेन्द्र लामिछानेले फिल्मको ट्रेलरको प्रतीक्षामा रहेको प्रतिक्रिया दिए।

उनले फिल्म निर्माणकर्ताको रुपमा प्रवेश गरेका नायक सौगात मल्ललाई शुभकामना दिए। त्यस्तै गायक कालीप्रसाद बाँस्कोटाले तीजको गीतमा काम गर्न गाह्रो भएपनि काम सकिएपछि खुशी लागेको बताए।

त्यस्तै गायिका सिर्जना खत्रीले आफ्नो गीत आफैँले लेख्ने गरेको भएपनि फिल्ममा अरुको लागि गीत लेख्न दिएकोप्रति खुशी लागेको बताइन्।

नायिका प्रियंका कार्कीले चलचित्र क्षेत्रमा कम ब्याक गर्नको लागि यो फिल्मले भूमिका दिएकोमा खुशी व्यक्त गरिन्। त्यस्तै नायक सौगात मल्लले गीत हेरेर राम्रो लागेको बताए। उनले फिल्ममा सोचेको भन्दा राम्रो गीत पाएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.